बारा – जनता माध्यमिक विद्यालय तथा कृषि प्राविधिक शिक्षालय रजघट्टाले मंगलबार ३८औँ विद्यालय वार्षिकोत्सव तथा ३९औँ अभिभावक दिवस मनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा कृषि प्राविधिक शिक्षालयसमेत सञ्चालन गर्दै आएको यस विद्यालयले आफ्नै प्रांगणमा वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम हुने छात्रछात्राहरूलाई पुरष्कृत गर्नुका साथै विभिन्न क्षेत्रमा रहेर विद्यालयलाई सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मानित गरेको छ । जीतपुरसिमरा उपमहानगरपािलका–१४ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशको प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ प्रमुख आतिथ्यता थिए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य श्रेष्ठले रजघट्टा चौक र मसान घाटको लागि टावर लाइट उपलब्ध गराउने वचन दिएका थिए । त्यसतै उनले जनता माविका लागि आवश्यक सभाहल निर्माणको लागि बजेट विनियोजन गर्ने घोषणासमेत गरे । विद्यालयको ३८औँ वार्षिकोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी १४ नम्बर वडाकी अध्यक्ष चयन गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा विद्यालयले केही शिक्षकलाई सम्मानसमेत गरेको थियो ।
उक्त ३८औँ वार्षिकोत्सव एवं ३९औँ अभिभावक दिवसमा जीतपुरसिमरा उपमहानगरपालिकाको–१२ का वडा अध्यक्ष श्यामबाबु खा, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेलगायत शिक्षक, शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको शिक्षक बरुन गौतमले जनकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar