जनकपुरधाम – जनकपुरधाममा माघ दोस्रो सातादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जनकपुर स्पोर्टस् क्लब र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रबिघा मैदानमा प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा निजी विद्यालयहरूको सहभागिता रहनेछन् ।
स्थानीयस्तरबाट खेलाडी उत्पदान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता गराउन लागेको उनले बताए । यसले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने उनको विश्वास छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको टिम बनाएर नियमित (शनिबार) अभ्यास खेल खेलाइने संयोजक साहले जानकारी दिए । यसअघि भएको प्रतियोगिताबाट छनौट भएका खेलाडीहरू नियमित अभ्यास गरिरहेका छन् ।प्रतियोगिताको विजेता÷उपविजेता टिमलाई आकर्षक ट्रफी दिइने उनले आयोजक संस्थाका अर्का प्रतिनिधि प्रसान्त झाले जानकारी दिए । उनका अनुसार म्यान अफ द सिरिज, इर्मजिङ प्लेयर, बेस्ट बलर÷ब्याटस् म्यान÷बेस्ट किपर÷बेस्ट फिलडर र म्यान अफ दी म्याच दिएर खेलाडीहरूलाई प्रोत्साहन गरिनेछ ।
प्रतियोगिताको निर्देशक हिरा भगत छन् । उनी मधेस प्रदेश क्रिकेट संघका निर्वतमान अध्यक्षसमेत हुन् । आयोजक संस्थाले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनी बाहिर भएको कारण उपस्थित हुन सकेनन् । गत वर्ष यो प्रतियोगिताको उपाधि गोगलप्रसाद उच्च मावि जितेको थिए । मंगलबार नै धनुषाको क्रिकेट टिम प्रधानमन्त्री कप छनौट प्रतियोगिता खेल्न पर्सा गएको छ । हरिशंकर साहको नेतृत्वमा गएको टिम पहिलो म्याच पर्सासँग खेल्नेछ । पछिल्लो समय जनकपुरधाममा पुनः खेल क्रेज बढ्दै गएको छ । नियमित प्रतियोगिता र अभ्यासहरू भइरहेका छन् । अभिभावकहरूको पनि रुची र लगानी बढेको देखिन्छ । तर, सरकारले सन्तोषजनक लगानी नगरेको खेलमा आवद्ध युवाहरूको गुनासो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar