काठमाडाैं – भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा उनी काठमाडौं आउन लागेका हुन् ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेका पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।
उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।
जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत् बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् । उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ ।
दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
उनी शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने तालिका छ । दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने जनाइएकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar