काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिलेर जान प्रस्ताव राखे पनि कुनै सहमती नभएको बताएका छन् ।
बुधवार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनसहित नेकपा एमालेको बालुवाटार बैठकपछी संचारकर्मीहरुसंग बोल्दै पाण्डेले बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनमा मिलेर जान प्रस्ताव गरेको र त्यसमा कुनै सहमती नभएको बताएका हुन् । ‘एमालेबाट राष्ट्रियसभा निर्वाचनमा मिलेर जाऊँ भन्ने खालको प्रस्ताव आएको हो । । एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्ने खालको बुझिएको छ’, उनले भने, ‘तर सिट बाँडफाँटमा कुनै सहमति भएको छैन । भोली बिहीबार बिहान पुनः बैठक बस्छ, उक्त बैठकले के निर्णय गर्छ अहिल्यै भन्न सकिँदैन।’ पाण्डेले भने ।
यसअघि बालुवाटारमा बसेको बैठकले एमालेले सहकार्यको प्रस्ताव ल्याए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गराएको समेत उनले बताए । एमालेलाई सिट दिने विषय कांग्रेस र माओवादीको कन्डिसनल सहमति भएको पाण्डेले दाबी गरे ।
एमालेले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको कुरा आएको र त्यसमा एमालेले स्पष्ट प्रस्ताव ल्याए मात्र त्यस विषयमा छलफल गर्न सकिने पाण्डेको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar