काठमाडौं– कैलालीको धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । उपमहानगरपालिकाले आगामी माघ १ गते देखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।
उपमहानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन अनुरोध गरेको छ ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उप–महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ विकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरण गर्न बन्देज लगाईनेछ’ भनि उल्लेख गरिएको जारी सूचनामा भनिएको छ ।
खाद्य सामग्री बिक्री हुने पसलमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar