काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले स्थिति असामान्य बनेको बताएका हुन् ।
मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट थाहा भएको उनको भनाइ छ । साथै गोली चलेपछि मात्रै गाडी जलेको देखिएको पनि गृहमन्त्री श्रेष्ठले बताए । उनले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गरे ।
दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको विषयमा संसदीय समितिले समितिले गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग सोधपुछ गरेको हो । समितिको बैठकमा केही सांसदहरुले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्रीलाई सुझाव दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar