एजेन्सी– रुसले राजधानी किभसहितका ठाउँमा ड्रोन आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
राजधानी किभ र अर्को मुख्य सहर खार्किभमा विस्फोट भइरहेका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेनले हिजो शनिवार रुसको सीमावर्ती सहर बेलग्रटमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिएपछि रुसले जवाफी आक्रमण बढाएको छ ।
हिजोको आक्रमणलाई युक्रेनमा मस्कोले आक्रमण शुरु गरेयताकै युक्रेनका तर्फबाट रुसमाथि भएको घातकमध्येको घटना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि शुक्रवार रुसले युक्रेनमा गरेको आक्रमणमा ३९ जना मारिएका थिए ।
रुसको आग्रहमा हिजो न्युयोर्कमा राष्ट्र सङ्घीय सुरक्षा परिषद्को एक आपत्कालीन बैठक बसेको थियो । बैठकमा राष्ट्र सङ्घका लागि रुसी राजदूत भसिली नभियान्जियाले युक्रेनले गैरसैनिक निसानामा नियतवश र जथाभाबी आक्रमण गरेको आरोप लगाएका छन् । तर युक्रेन र उसका सहयोगी देशहरूले आरोपलाई अस्वीकार गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar