काठमाडौं – नेपाल खेलकुद महासंघ समाजवादीका महासचिव अर्जुनभक्त राईले सडक बन्द गरी सवारी साधन तोडफोड गरी आगजनी गर्नु कुनै पनी समस्याको समाधान नभएको बताएका छन् ।
खेलकुद महासंघ समाजवादीको तर्फबाट विज्ञप्ती जारी गर्दै महासचिव राईले कुनैपनि समस्याको समाधान सडक बन्द गरी सवारी साधन तोडफोड गरी आगजानी गर्नु नभएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ । “कुनै पनी समस्याको समाधान न सडक बन्द गरी सवारी साधन तोडफोड गरी आगजानी गर्नु हो, न सडकमा अन्दाधुन्द लाठी चार्ज गरी गोली चलाउनु हो, यो दुबै प्रयोग वा प्रबृतीको नेपाल खेलकुद महासंघ समाजबादी घोर बिरोद र निन्दा गर्दछ । यद्वपी यो बिषयको सम्पुर्ण जिम्मेवार बर्तमान सरकार हो र यसको जिम्मा सरकारले लिनुपर्दछ, यदी सरकारले स्वोदेशमानै प्रसस्त रोजगारी श्रृजना गरेको हुदो हो त नेपाली युवाहरुले आफ्नो अत्यान्तै उर्बर समय र उमेरलाई बिदेशको भुमिमा गुमाउने चाहाना सायदै हुदैन थियो होला अनी युवाहरु अनाहकमा यसरी मर्नुपर्ने थिएन ।
मित्र राष्ट्र दक्षिण कोरीयाले नेपालीहरुलाई श्रम गर्न लाने गरेको क्षेत्र जतीछन ती सबैमा श्रम गर्न जानपाउनको निम्ती आवस्यक पर्ने भाषा अध्यान गरीसकेको युवा बिधार्थीहरुले आबेदन फारम भरी परिक्षा दिन पाउनुपर्छ भन्ने माग राखेर आन्दोलनमा उत्रीएको समयमा आन्दोलनकर्मी युवाहरु र सुरक्षाकर्मी प्रहरीबिच दोहोरो भिडन्त हुदा उक्त भिडन्तमा प्रहरीको निर्मम लट्ठी चार्ज एवं गोली प्रहारबाट देशको सचेत नागरीक दुई जना युवा शक्ती सुजन राउत, बिरेन्द्र शाहाको मृत्यु भएकोमा नेपाल खेलकुद महासंघ समाजबादी अत्यान्तै मर्माहीत भएको छ। आन्दोलको क्रममा ज्यान गुमाउन पुगेको दुखद घडीमा मृतक सुजन राउत,बिरेन्द्र शाहा प्रती भाबपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोकसनतप्त परिवारमा नेपाल खेलकुद महासंघ समाजबादी गहीरो समबेदना प्रकट गर्दछ।
रोजगारी उपलब्धता गरीदिने भन्ने बिषय भित्र रहेर कतीपय मित्र राष्ट्रहरुले नेपालको प्रचलीत कानुनलाई नजरअन्दाज गरी नेपालीहरुको स्वाभिमानमा ठेस पुग्ने साथै नेपाली युवाहरुमा रहेको मनोबिज्ञानलाई बिचलीत पार्ने गरी बनाउने नीति र प्रबृतीको प्रती खेलकुद महासंघ समाजबादीको गम्भिर ध्यानाकर्षण भएको छ र यस्तो प्रकारको मित्र राष्ट्रहरुको नीति प्रबृती सच्चिनु पर्छ भनेर जोडदार माग पनी गर्दछ, संगसंगै यस्तो बिषयमा नेपाल सरकार बेखबर भयर बसेकोमा त्यस तर्फ आबस्यक कदम चाली समयनुसार ठोस बिकल्प दिन ध्यान पुगोस भन्दै खेलकुद महासंघ समाजबादी पुन माग गर्दछ।
हामीलाई थाहा छ बेरोजगार समस्या समाधान बैदेशीक रोजगार श्रम बिकल्प होइन, तसर्थ सरकारले स्वदेशमानै रोजगारी श्रृजना गर्न अल्पकालीन र दिर्घकालीन हुने आवस्यक नीति तथा कार्यक्रम ल्याउनु पर्छ भन्ने माग राख्दै मिती २०८० पौस १३ गते बालकुमारी ललितपुरमा भएको आन्दोलनको क्रममा समातीएको आन्दोलनकारीलाई चाँडो भन्दा चाँडो बिना सर्त रिहाई हुनुपर्छ, आन्दोलनका घाईतेहरुलाई निशुल्क उपचार हुनुपर्छ र आन्दोलमा ज्यान गुमाएको सुजन राउत अनी बिरेन्द्र शाहाको परिवारलाई उचित क्षतीपुर्ती पाउनु पर्छ भनी नेपाल खेलकुद महासंघ समाजबादी एक शुत्रीय माग गर्दछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar