काठमाडौं– चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।
विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ । यो चालू वर्षको तुलनामा कम हो ।
तथ्यांकअनुसार भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ । यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ ।
यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइगम भित्रिने गरेको छ । तर, न्यूनमात्रामा मात्रै भित्रने गरेको तथ्यांक छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar