काठमाडौं– ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो । शुक्रबारको घटनामा दुईजना युवाको मृत्युसमेत भएको थियो ।
स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो । पुस ४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar