काठमाडौं– जहाज निर्माण (सिप बिल्डिङ) का लागि भाषा परीक्षा दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा पनि जान भाषा परीक्षामा सहभागी गराउन आवेदन खुला गरिएको छ ।
शुक्रबार उच्च अदालतले उत्पादनमूलक क्षेत्रमा जान सिप बिल्डिङमा भाषा परीक्षा दिएकाहरूलाई पनि सहभागी गराउन आदेश दिएपछि इपिएस कोरिया शाखाले उनीहरुका लागि आवेदन खुला गरेको हो ।
इपिएस कोरिया शाखाले शुक्रबार राति सूचना प्रकाशन गरेर सिप बिल्डिङका परीक्षार्थीहरूलाई उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सहभागी हुन आवेदन दिन भनेको हो ।
सूचना अनुसार उनीहरूले पुस १६ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । गत साउनमा भएको सिप बिल्डिङतर्फको परीक्षार्थीले मात्र आवेदन दिन पाउनेछन् । अन्यको आवेदन रद्द हुने इपिएस शाखाले जनाएको छ ।
एउटै परीक्षार्थी एकै आर्थिक वर्षमा सञ्चालित एकभन्दा बढी परीक्षार्थीमा सहभागी हुन नपाउने भनेपछि उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षामा सिप बिल्डिङतर्फको परीक्षार्थीलाई सहभागी नगराउने भनिएको थियो ।
त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए । पुस ५ गते भएको सुनुवाइमा उच्चले ती १८ जनालाई मात्र जान दिन आदेश गरेको थियो ।
१८ जनामात्रै परीक्षामा सहभागी हुन पाउने भएपछि परीक्षा दिन नपाउनेहरू शुक्रबार आन्दोलित भएका थिए । आन्दोलनमा दुई जनाको मृत्यु समेत भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar