काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन् ।
नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताए ।
अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गरेको समयमा मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न सुरु गरेको, रेलमार्ग सुरु गरी जनकपुरसम्म रेल पु¥याएको उल्लेख गरे ।
एमाले नेपाली जनताको पार्टी भएको भन्दै उनले भने, “हाम्रो अभियान नेपालमा परिवर्तन ल्याउन र देशलाई समृद्ध बनाउनका लागि हो । जनतालाई सुखी बनाउन र जनताका समस्या समाधान गर्न हामी आन्दोलनका लागि तयार छौँ ।” उनले आत्मविश्वासका साथ अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि उनको सुझाव थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar