काठमाडौं– दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ शारदा टोलस्थित आफ्नै दुई तले घरबाट खसेका ३५ वर्षीय टंकबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार वली बिहीबार बेलुका आठ बजेर २० मिनेट तिर घरको छतबाट खसेका थिए । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएकोमा उपचार संभव नभएपछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजका लागि रिफर गरिएको थियो ।
कोलहपुरतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएपछि फर्काइएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार बिहान २ बजे पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रहरीका अनुसार मानसिक रोगी वलीले एकाएक छतबाट हाम फालेको अनुमान गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar