काठमाडौं– मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको चार्टड विमान भारत फर्किएको छ ।
बीबीसीका अनुसार ३०३ यात्रु बोकेको चार्टड जहाज मंगलबार बिहान मुम्बईमा अवतरण भएको हो ।
चाटर्ड एयरबस ए ३४० विमान युनाइटेड अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको थियो । जहाज बिहीबारबाट फ्रान्समा अनुसन्धानका लागि रोकिएको थियो । विमानमा रहेका केही यात्री मानव तस्करीको फन्दामा परेको सूचना प्राप्त भएपछि फ्रान्सका अधिकारीहरूले उक्त चाटर्ड विमानलाई रोकेका थिए ।
विमानमा रहेका अधिकांश यात्रु युनाइटेड अरब इमिरेट्समा काम गर्ने भारतीय रहेका थिए । तीमध्ये धेरैलाई मानव तस्करले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउन लगेको आशंका गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar