काठमाडौं – चितवनमा आजदेखि हात्ती महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि यही पुस १४ गतेसम्म ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना गरिएको हो । यसअघि कोभिड–१९ का कारण रोकिएको महोत्सव यस वर्ष हुन लागेको हो ।
होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संरक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएशनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।
सङ्घका अनुसार महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ ।
महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित देशकै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar