काठमाडौं– आरती साह मृत्यु प्रकरणमा साहका श्रीमान मोतीबाबु साह पक्राउ परेका छन् ।
धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो ।
सो प्रकरणमा गत मंसिर २० गते सर्वोच्च अदालतले गरेको फैसलामा आरतीका पती साहलाई पक्राउ गर्ने आदेश दिइएको थियो ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् ।
आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar