काठमाडौं– सेयर बजार परिसूचक नेप्से आज आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको छ ।
आज हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको सेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज पाँच वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज एक करोड ८५ लाख कित्ता सेयर सात अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar