काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन् । उनी यथार्थमा नभएर रिल लाइफमा मेयर बन्न लागेका हुन् ।
निर्देशक दिपेन्द्र के खनालको चलचित्र ‘मेयर’ मा उनी मेयर भूमिका देखिने जनाइएको छ । ‘मेयर’ दिपेन्द्रले केहीअघि निर्माण घोषणा गरेको चलचित्र हो । सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि चलचित्र बन्न लागेको हो ।
चलचित्रका लागि अहिले खगेन्द्र फाइनल भएको र अन्य कलाकार छनोट प्रक्रियामा रहेको निर्देशक खनालले जानकारी दिए । चलचित्रको छायांकन माघको पहिलो साताबाट हुनेछ । सर्लाहीमै छायांकन हुने चलचित्रमा यसअघि कलाकारको रुपमा प्रकाश घिमिरे फाइनल भएका थिए । ‘मेयर’ पछि निर्देशक खनाल ‘आमा’ को दोस्रो शृङ्खला निर्माणमा जुट्ने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar