काठमाडौं– महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ ।
गौशाला नगरपालिका–१की उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१झ०००५ नम्बरको बुलेरो गाडी रामनगरमा उपमेयरकै घरमा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् ।
समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगजानी गरेको बताए । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।
घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar