काठमाडौं– सल्यानमा सडक निर्माणका लागि चलाएको जेसिबी दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
सडक निर्माणका लागि परिचालन गरिएको रा १ क ८५९ नम्बरको जेसिबी दुर्घटना हुँदा दाङ गडवा गाउँपालिका – ५ का २३ बर्षीय सहचालक दीपेन्द्र चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
तिरुपाते कम्पनीको उक्त जेसिबी जिल्लाको बागचौर नगरपालिका –३ स्यालागैरामा सडक निर्माणका क्रममा अनियन्त्रित भइ सडकबाट करिब १२ मिटर तल खसेको थियो ।
सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले सहचालक चौधरीलाई जेसिबिले च्यापेका कारण घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
चालक भने हाम फालेर जोगिएको धमलाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar