काठमाडौं– चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा नेपालबाट ९२ करोड रुपैयाँ बराबरको पिना निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ९२ करोड रुपैयाँभन्दा धेरैको पिना निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट १ करोड ८० लाख किलोग्राम पिना निर्यात भएको छ । नेपालबाट निर्यात हुने सबै पिना भारतीय बजारमा खपत हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । नेपालले विदेशी मुलुकबाट कच्चा खानेतेल ल्याउँछन् । र, त्यसलाई प्रशोधन गर्दा निस्कने पिनालाई समेत तयारी अवस्थामा बनाएर पुनः निर्यात गर्ने गरेका छन् ।
नेपालले अर्जेन्टिना, ब्राजिल, युक्रेन, बोलिभिया, रुस लगायनका मुलुकबाट कच्चा सुर्यमूखी र भटमास तथा तोरीको तेल ल्याउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar