काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भनेर १ लाख ८० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको उपमहानगरपालिका–७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई बानेश्वरबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार बुढाथोकीले वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी कल्पना विश्वकर्मालाई पटकपटक गरी १ लाख ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
उनले पोल्याण्डमा मासिक १ लाख २० हजार कमाई हुने र त्यसका लागि सात लाख ५० हजार रूपैयाँ लागत लाग्ने भनेका थिए । १ लाख ८० हजार बुझेर प्रदीप सम्पर्कविहीन भएपछि कल्पनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेका प्रदीपलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar