काठमाडौं– नेपाल सुपर लिग एनएसएल फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरू हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ । दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।
आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ । काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । काठमाडौं ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ ।
१० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा छ । तर अर्को खेलको नतिजा अनुकुल भएमा बराबरीको नतिजालेसमेत ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ । यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन् ।
आज दुई टोलीको टुंगो लागेसँगै पर्सिदेखि क्वालिफायर खेल सुरू हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar