काठमाडौं– कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। यो अहिलेसम्मकै बढि आवेदन हो ।
वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका हुन् ।
पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरेको थियो ।
गएको साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षामा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सहभागि नगर्ने गरी आवेदन खुलाइएको थियो ।
तर अनुत्तीर्ण भएका १८ जनाले यस निर्णयमा असहमती जनाउँदै उच्च अदालत पुगेका थिए । अदालतले जहाज निर्माणसम्बन्धि परिक्षामा अनुत्तीर्ण भएकाहरूलाई पनि यसपटकको भाषा परीक्षामा सामेल गराउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ । उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्ने इपिएस शाखाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar