काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक बिहान ११ बजे बस्ने भएको छ । भू–कम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुर्ननिर्माण गरेको हो ।
बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar