काठमाडौं– ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्र आगलागी भएको छ । मन्त्री निवास बनाउन खटिएका मजदुरहरू बस्ने टहरामा आगलागी भएको प्रहरीले बताएको छ ।
मंगलबार बिहान ११ बजेतिर खाना पकाउने क्रममा करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरीले बताएको छ। आगो लागेको केहि मिनेटमै नियन्त्रणमा आएको थियो । आगो निभाउँन महानगर प्रहरीको वारुणयन्त्रसहित प्रहरी खटिएको थियो ।
मन्त्री क्वाटरभित्रको अस्थायी टहरामा मात्रै आगलागी भएको र अन्यत्र फैलिन नपाउँदा ठूलो क्षति टरेको प्रहरीले बताएको छ ।
आगलागीबाट टहरामा रहेका मजदुरका सामान र रंगहरु जलेको प्रहरीले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar