काठमाडौं रुस–युक्रेन युद्धमा कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।
तीन महिनाअघि रुसी सेनामा भर्ना भएका भरतको मृत्यु भएको खबर उनका परिवारले शुक्रबार मात्र पाएका हुन् ।
आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ । उनको मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले हालसम्म परिवारलाई औपचारिक रुपमा जानकारी भने दिइसकेको छैन ।
सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए र उतैबाट रुस गएका थिए ।
शाहका श्रीमति, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar