काठमाडौं– आज बजार आज झण्डै २८ अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ ।
आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।
आज १० वटा जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको सेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ । आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ ।
गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो । आज एक करोड ७१ हजार कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar