काठमाडौं– पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ ।
आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका– १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो ।
मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले
जनाएको छ ।
ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो । बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
घाइतेमध्ये ४ जनाको दमौली अस्पतालमा, ६ जनाको रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी घाइते भएका ८ जनालाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar