काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ ।
१०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो ।
उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar