काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले वीरगञ्ज युनाइटेड फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ । यो जितसँगै पोखरा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो ।
दशरथ रङ्गशालामा पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका मोजेस ग्याबा र जो आइदुले १–१ गोल गरे । आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल गरेका थिए ।
पोखरा ६ खेलमा ११ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अङ्कका साथ पुछारबाट दोस्रोमा छ । आजै हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम र चितवन एफसी खेल्नेछन् । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar