काठमाडौं– धनुषामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ ।
आज बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका–४ स्थित सपहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मोटरसाइकल अनियन्त्रित भएर पुलभन्दा ५० मिटर उत्तरतर्फ दुर्घटना भएको हो ।
मोटरसाइकलमा तीनजना सवार थिए । प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१२ का सत्रुधन सहनी गम्भीर घाइते छन् । उनको धनुषामा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको डिएसपी अवाले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar