काठमाडौं– हिमालयन रि इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागी आइपीओ खुल्ला गरेको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीले आज मंसिर (२७) गते देखी खुल्ला गरेको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।
अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रूपैयाँका दरले बिक्री गर्ने भएको हो । यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ ।
यसको लागि कम्तिमा २ हजार ६० रूपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ । नत्र आवेदन रद्द हुन्छ । यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar