काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम पुगेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।
द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।
दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन–भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar