काठमाडौं – हिजो आइतवार उच्च अङ्कले बढेर ’सर्किट’ लागेको सेयर बजार आज सोमवार भने घटेको छ । दिनभर उतारचढाव भएको सेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज निर्जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । आज विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तको सेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।
आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज १ करोड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ करोड रुपैयाँमा कारोबार भयो ।
यो कारोबार रकम ५ महिनायताकै उच्च हो । यसअघि गएको असार १७ गते ५ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब रुपैयाँ पुग्न सकेको थिएन । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar