काठमाडौं – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान तथा पूर्ण क्षमतामा सञ्चालनको माग राखेर आज आइतवारदेखि धर्ना शुरु भएको छ । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घ–संस्था आबद्ध सिद्धार्थ सञ्जालको अगुवाइमा धर्ना शुरु भएको हो ।
सञ्जालले गएको कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको शुक्रवार निजी क्षेत्रले भैरहवामा विरोध ¥याली गरेको थियो ।
चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आजदेखि शुरु भएको धर्ना अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तर रहने सञ्जालले जनाएको छ । दैनिक २ घण्टाका दरले विमानस्थल परिसरमा धर्ना कार्यक्रम चल्नेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेपनि झन्डै १ वर्षदेखि रोकिएको छ । अहिले विमानस्थलबाट बुद्ध, यती, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar