काठमाडौं– यू १९ एसिया कपको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ ।
दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको हो ।
अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ६ रनको सतकीय इनिङ खेले । यस्तै नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन बनाए ।
बलिङतर्फ नेपालका लागि गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २÷२ विकेट लिए । यस्तै आकाश चन्द्र र दीपेश कडेलले १÷१ विकेट लिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar