काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।
लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा आइतबारलाई पेसी तोकिएको थियो । अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
गत कात्तिक २३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar