काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा तेस्रो पटक पोजेटिभ सर्किट लागेर आजको लागि कारोबार स्थगित भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको नेप्सेमा पुनः तेस्रो पटक सर्किट लागेपछि आजलाई कारोबार बन्द भएको हो ।
पहिलो पटक ११ः०५ मै चार प्रतिशतले बृद्धि भएपछि २० मिनेटका लागि स्थगित भएको नेप्से ११ः२५ मा खुलेको थियो । खुलेको तीन मिनेटमै पुनः थप एक प्रतिशतले बृृद्धि भई ५ प्रतिशत पुगेपछि दोस्रो पटक सर्किट लागेको हो ।
तेस्रो पटक बजार खुलेको ३ मिनेटमै नेप्से थप १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेको हो । आज कुल ९ मिनेटमात्र सेयर कारोबार भएको छ ।
आइतबार बजारमा १११.२० अंकको उछाल आएको छ । योसँगै नेप्से परिसूचक १९६३.९८ को विन्दुमा बन्द भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आइतबार जलविद्युत समूह सर्वाधिक ८.६३ प्रतिशतले बढेको छ ।
आज ४८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शिवम पावर र कालिञ्चोक दर्शनका सेयरधनीहरु मालामाल भएका छन् । यी कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ । अन्य ३० कम्पनीको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढी र १० प्रतिशतको हाराहारीमा बढेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar