काठमाडौं– सेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज जीवन विमा समूहको सेयर एक सय २५ अङ्क भन्दा धेरै र विकास बैंक, लघुवित्त, व्यापार, लगानी लगायतका समूहको सेयर सामान्य बढेको छ ।
आज ग्लोबल आइएमइ लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजारमा सुधार आएपनि सिंगटी हाइड्रोको सेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम हिजोको तुलनामा घटेर एक अर्ब १४ करोड रुपैयाँमा भरेको छ । आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्सुरेन्सको सात करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar