काठमाडौं– मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) १ लाख १४ हजार ८ सय जनाले पाएका छन् ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज बाँडफाँट गर्दै कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएको जनाएको हो ।
आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जबकि, कम्पनीले ११ लाख ४८ हजार कित्ता मात्रै सेयर बिक्री खुलाएको थियो । यसमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।
मंसिर ८ देखि १२ गतेसम्म सेयर बिक्री खुलाएको कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar