काठमाडौं – नेपालबाट चोरी गरी तस्करले अमेरिका पु¥याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ ।
न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।
फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
उनले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar