काठमाडौं– नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्न लागेको हो । यो ऋणपत्र ८ वर्षे अवधिको हो । यसको साँवा भुक्तानी २०८८ मंसिर २० गते हुनेछ ।
यो विकास ऋणपत्रको बोलकबोल भोलि मंगलबार (मंसिर १९ गते) दिउँसो २ बजेसम्म हुने केन्द्रीय बैंकले जनाएको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ ।
यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ ।
यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar