काठमाडौं – सेयर बजार आज पनि घटेको छ । हिजो आइतवार ७ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन समाज लघुवित्तको सेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ३८ लाख ९६ हजार कित्ता सेयर १ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar