काठमाडौं– आज सेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्सबाहेक सबै समूहको सेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको सेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ३४ लाख १९ हजार कित्ता सेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar