काठमाडौं– भारतमा शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको ज्यान गएको छ । त्यस्तो औषधि ५० जनालाई बिक्री गरिएको भारतको गुजरात प्रहरीले अनुमान गरेको छ ।
बिहीबार पछिल्लो २ दिनमा संदिग्ध रूपमा मिसावटयुक्त आयुर्वेदिक सिरप सेवन गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको हो ।
साथै उक्त सिरप पिएका दुई जनालाई अस्पताल लगिएको बीबीसी हिन्दीले जनाएको छ ।
खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यो घटना नाडियाद सहरको एउटा गाउँसँग सम्बन्धित रहेको बीबीसी हिन्दीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar