काठमाडौं– जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो ।
प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल र प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar