काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँसराई रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा आज राजधानीमा आयोजना गरेको जनसंख्या र बसाईसराई व्यवस्थापनको सवलिकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाईसराईको चाप शहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन ।
हिमाल र पहाडबाट जनसंख्या शहरी क्षेत्रमा बसाईसराई बढ्दै जाने र शहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरि बढ्नु भविष्यका लागि समेत चिन्ताको बिषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar