काठमाडौं – कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएका सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पपछि सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार भूकम्पले क्षति गरेका जाजरकोट र रुकुम पश्चिममा चिसो बढेसँगै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका थप समस्यामा परेका छन् ।
जाजरकोटमा मात्रै एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा रहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा परेका छन् ।
त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । केही भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
रुकुम पश्चिममा पनि समस्या उस्तै छ । त्यहाँको पनि पूर्ण विवरण लिने काम भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar