काठमाडौं – हिजो आइतवार उच्च अङ्कले बढेको सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको सेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको सेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज अपर स्याङ्गे हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६० लाख कित्ता सेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सात करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar